बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कसुर मात्रै होइन, क्षतिको पनि अनुसन्धान हुनुपर्छ : न्यायाधीश मल्ल

मङ्गलबार, ०८ पुस २०८२, १३ : ५७
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • न्यायाधीश सपना प्रधान मल्लले क्षतिको अनुसन्धान नहुने अवस्थाप्रति ध्यानाकर्षण गराएकी छिन्।
  • उनले न्यायिक आचरणका बैंगलोर सिद्धान्तहरूले न्यायाधीशहरूलाई मार्गदर्शन गर्ने बताइन्।
  • अदालत पुनःस्थापना मात्र पर्याप्त नभई सुधार आवश्यक रहेको र डिजिटल अपराधको अनुसन्धानमा जोड दिइयो।

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि मुद्दामा कसुरको अनुसन्धान भए पनि क्षतिको अनुसन्धान नहुने अवस्था रहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेकी छन्।

महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै न्यायाधीश प्रधानले कसुरमा मात्रै अनुसन्धान हुँदा अदालतले दोषी ठहर गरे पनि क्षतिको विषयमा बोल्न सक्ने अवस्था नहुने बताइन्।

उनले न्यायिक आचरणका बैंगलोर सिद्धान्तहरू न्यायाधीशहरूका लागि विश्वव्यापी नैतिक मापदण्ड भएको उल्लेख गर्दै ती सिद्धान्तले स्वतन्त्रता, निष्पक्षता, निष्ठा, औचित्य, समानता तथा क्षमता र लगनशीलता गरी छ वटा मुख्य मूल्यलाई मार्गदर्शन गर्ने बताइन्।

भदौ २४ गते भएको आगजनीमा अदालत, सरकारी वकिल कार्यालय, प्रहरी भवनलगायत संरचना जलेको स्मरण गर्दै न्यायाधीश मल्लले अदालत पुनःस्थापना मात्र पर्याप्त नभई सुधार पनि आवश्यक रहेकोमा जोड दिइन्। ‘सर्वोच्च अदालतको फुलकोर्ट बैठकबाट सुधारको एजेन्डा अगाडि बढाउँदैछौँ,’ उनले भनिन्।

पछिल्लो समय डिजिटल अपराध बढ्दै गएकाले त्यसको अनुसन्धान र अभियोजनका लागि विशिष्टीकृत इन्टेलिजेन्स आवश्यक रहेको उनको भनाइ छ। नयाँ प्रविधिको विकाससँगै डिजिटल अपराध बढेकाले यस्ता अपराधको अनुसन्धान छुट्टै तरिकाले गर्नुपर्ने उनले बताइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप