राजनीति दललाई निषेध गरेर निर्वाचनको वातावरण बन्न सक्दैनः एमाले
सारांश
- एमालेले राजनीतिक दल र नेताहरूलाई निषेध गरेर निर्वाचनको वातावरण बन्न नसक्ने बताएको छ।
- एमालेले सरकारले निर्वाचनको उचित वातावरण बनाउन नसकेको र अध्यक्षलाई स्थान हद तोकिएको जनाएको छ।
- उच्चस्तरीय राजनीतिक संवाद समितिले निर्वाचनको तयारीबारे छलफल गरेको र सरकारले स्वतन्त्र निर्वाचनको प्रतिबद्धता जनाएको छ।
काठमाडौँ । नेकपा एमालेले राजनीति दल र नेताहरूलाई निषेध गरेर निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिसँगको छलफलका क्रममा एमालेले नेताहरूलाई स्थान हद तोक्ने र राजनीतिक गतिविधिमा अवरोध गर्ने कार्यले निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको हो ।
छलफलपछि एमाले उपमहासचिव रघुवीर महासेठले आफूहरू निर्वाचनको विरोधी नभएको तर सरकारले नै निर्वाचनको उचित वातावरण बनाउन नसकेको जानकारी गराएको बताए । एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेकै कारण सरकारले एमाले अध्यक्षलाई स्थान हद तोकिएको उनले बताए ।
उनले पार्टी अध्यक्षलाई स्थान हद तोकिएको अवस्थामा एमाले निर्वाचन जान नसक्ने स्पष्ट पारे । महासेठले चुनावी वातावरण बनाउने काम एमालेको नभई सरकारको भएकाले स्थान हद तोक्ने निर्णय हटाउन सुझाव दिएको जानकारी दिए ।
त्यस्तै उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्य सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको तयारीका बारेमा छलफल भएको र देश चुनावमय बनिसकेको बताए । एमालेका नेताहरूले चुनावी वातावरण बनाए निर्वाचनमा भाग लिने जानकारी गराएको उनले बताए । खरेलले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाइदिने सरकारले प्रतिबद्धता जनाएको धारणा राखे ।
त्यस्तै उनले कुनै पनि नेता वा कार्यकर्तालाई निर्वाचन प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआओस् भन्ने सुनिश्चितता सरकारले गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण