कालीमाटीमा बेच्न राखेको रायोको सागमा अत्यधिक विषादी
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा एक जना व्यापारीले बेच्न राखेको रायोको सागमा अत्यधिक विषादी प्रयोग भएको भेटिएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइले तरकारीहरूको नियमित विषादी परीक्षणका क्रममा रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको जनाएको हो ।
आज तरकारी बजारमा गरिएको १५ वटा नमुनाहरूको परीक्षणमा उत्तम प्रसाद रेग्मीले ल्याएको रायोको सागमा ‘अर्गानोफोस्फेट’ नामक विषादीको रोकावट प्रतिशत ९९.०८ फेला परेको हो ।
सरकारको मापदण्ड अनुसार ४५ प्रतिशतभन्दा बढी विषादी देखिएमा त्यस्तो तरकारीलाई नष्ट गर्नुपर्ने हुन्छ । यस्तै सोही सागमा ‘कार्वामेट’को रोकावट मात्रा ३१.४८ प्रतिशत देखिएको छ ।
प्रयोगशालामा अन्य १४ वटा नमुनाहरू भने उपभोग योग्य पाइएको छ । भक्तपुरको गाँजर, सर्लाहीको टाटे सिमी, चितवनको हरियो फर्सी र बन्दा, मकवानपुरको मटरकोशा र मुला, तथा धादिङको गोलभेँडामा विषादीको मात्रा न्यून देखिएको छ ।
भारतबाट आयातित हरियो खुर्सानी र गोलभेँडामा पनि विषादीको मात्रा तोकिएको ३५ प्रतिशतको सीमाभन्दा तलै रहेकाले ती तरकारीलाई उपभोग योग्य भनिएको छ ।
विषादी परीक्षणको मापदण्ड के हो ?
तरकारी तथा फलफूलमा विषादी रोकावट प्रतिशत ३५ भन्दा कम भएमा उपभोग योग्य हुनेछ । यस्तै ३५ देखि ४५ सम्म भएमा केही दिन राखेर पर्खेर मात्र उपभोग गर्न मिल्नेछ ।
यस्तै विषादी रोकावट ४५ प्रतिशत भन्दा बढी भएमा खान अयोग्य हुने छ । प्रयोगशालाले यो नतिजा आवश्यक कारबाहीका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई पठाएको छ ।
यो परीक्षण केवल ’कार्वामेट’ र ’अर्गानोफोस्फेट’ समूहका कीटनाशकहरूमा मात्र केन्द्रित रहेको पनि प्रयोगशालाले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण