मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

इण्डो–नेपाल टी२० च्याम्पियनसिप : आर्मी र एपीएफ विजयी

मङ्गलबार, ०८ पुस २०८२, २० : ३५
मङ्गलबार, ०८ पुस २०८२

चितवन । इण्डो–नेपाल टी२० च्याम्पियनसिपअन्तर्गत आज (मंगलबार) भएका खेलहरूमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) क्लब विजयी भएका छन् ।

चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा जारी प्रतियोगितामा आज दुई रोमाञ्चक खेल सम्पन्न भए ।

आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले घरेलु टोली चितवन क्रिकेट क्लबलाई १३ रनले पराजित गरेको हो ।

१७६ रनको लक्ष्य पछ्याएको चितवन १६२ रनमा अलआउट भएपछि आर्मीले जित निकालेको हो। चितवनका ब्याटर प्रतीक श्रेष्ठले ४० बलमा ६२ रनको शानदार अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यसअघि पहिले ब्याटिङ गरेको आर्मीले विकेटकिपर ब्याटर अर्जुन साउदको ९३ रनको महत्त्वपूर्ण अर्धशतकीय योगदानमा ६ विकेटको क्षतिमा १७५ रनको योगफल तयार पारेको थियो ।

यसैगरी, आजै भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। यस खेलमा अर्धशतक बनाएका दीपक बोहरा ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत भोलि (पुस ९) दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ः३० बजे त्रिभुवन आर्मी क्लब र कोलकाताको टल्टला इन्स्टिच्युटबीच हुनेछ ।

दोस्रो खेल दिउँसो १ः३० बजे चितवन क्रिकेट क्लब र दिल्ली वन्डर्स क्रिकेट क्लबबिच हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप