सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त, कोशीदेखि सुदूरपश्चिमसम्म को–को ? (सूचीसहित)
मङ्गलबार, ०८ पुस २०८२, २१ : २६
सारांश
- राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ।
- निर्वाचन आयोगले माघ ११ गते हुने निर्वाचनलाई लक्षित गर्दै सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको हो।
- नियुक्त निर्वाचन अधिकृतहरू पुस १५ गतेदेखि लागू हुने गरी जिम्मेवारीमा खटिनेछन्।
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरिएको छ । निर्वाचन आयोगले माघ ११ गते हुने उक्त निर्वाचनलाई लक्षित गर्दै सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।
आयोगको पुस ७ गते बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम उनीहरूलाई निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । आयोगका अनुसार नियुक्त निर्वाचन अधिकृतहरू पुस १५ गतेदेखि लागू हुने गरी जिम्मेवारीमा खटिनेछन् ।
नियुक्त निर्वाचन अधिकृतहरूले पुस १६ गते सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम तय गरिएको आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।
कहाँ को ? सूची हेर्नुहोस्

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण