क्षतिग्रस्त सरकारी कार्यालयलाई प्रविधि सामग्री हस्तान्तरण
सारांश
- लहान नगरपालिकाले आगलागीबाट क्षतिग्रस्त सरकारी कार्यालयलाई प्रविधि सामग्री दियो।
- कम्प्युटर र प्रिन्टरको अभावमा सेवाग्राहीले भोग्नुपरेको समस्या समाधान गरियो।
- नगरपालिकाले आगामी दिनमा पनि सेवा प्रवाह सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता जनायो।
सिरहा । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गतेको आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएका लहानका विभिन्न सरकारी कार्यालयलाई लहान नगरपालिकाले मंगलबार प्रविधि सामग्री हस्तान्तरण गरेको छ ।
दैनिक सेवा प्रवाहमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराएको हो । नगरपालिकाले लहानस्थित घरेलु तथा साना उद्योग कार्यालय, ट्राफिक प्रहरी कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय र इलाका प्रशासन कार्यालयलाई जनही एक/एक थान कम्प्युटर र प्रिन्टर सेट प्रदान गरेको हो । आन्दोलनका क्रममा ती कार्यालयका महत्त्वपूर्ण सामग्री नष्ट हुँदा सेवाग्राहीले लामो समयदेखि समस्या भोग्दै आएका थिए ।
प्रविधि सामग्री हस्तान्तरण कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउनु स्थानीय सरकारको मुख्य दायित्व भएको बताए । उनले भने, “सरकारी कार्यालयमा कम्प्युटर र प्रिन्टरको अभाव हुँदा सेवाग्राहीहरू प्रत्यक्ष रूपमा मर्कामा परिरहेका थिए । स्थानीय सरकार हुनुको नाताले नागरिकको समस्या मध्यनजर गर्दै नगरपालिकाले आवश्यक प्रविधि सामग्री सहयोग गरेको हो ।”
नगरप्रमुख चौधरीका अनुसार स्थानीय तहले जिम्मेवारी बोधको भावनाका साथ सङ्घीय तथा प्रदेश सरकारअन्तर्गतका कार्यालयसँग समन्वय गर्दै सहयोग गर्दै आएको उनले उल्लेख गरे ।
सम्बन्धित कार्यालय प्रमुखहरूले नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै यसले सेवा प्रवाहलाई सहज बनाउने विश्वास व्यक्त गरेका छन् । प्रविधि सामग्री प्राप्त भएसँगै सेवाग्राहीलाई छिटोछरितो सेवा दिन सहज हुने घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख किशोरी शरण यादवले बताए ।
नगरपालिकाले आगामी दिनमा पनि स्थानीयस्तरमा सेवा प्रवाहमा देखिने समस्या समाधानका लागि निरन्तर सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण