उज्यालो नेपाल र सर्वोदय पार्टीबिच चुनावी एकता हुने
बुधबार, ०९ पुस २०८२, १२ : ११
सारांश
- भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता हुने घोषणा गरियो।
- जनमत पार्टीबाट अलग भएका दीपक साहको नेतृत्वमा रहेको सर्वोदय पार्टी र उज्यालो नेपाल पार्टी निर्वाचनमा मिलेर जाने भए।
- दुवै पार्टीले नयाँ सोचका साथ चुनावी एकता गरेको र परिस्थिति अनुकूल भए पार्टी एकतासमेत हुनसक्ने बताए।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले स्थापना गरेको उज्यालो नेपाल पार्टी र ई.दीपक साह अध्यक्ष रहेको सर्वोदय पार्टीबिच चुनावी एकता हुने भएको छ । आज एक कार्यक्रमको आयोजना गरी दुई पार्टीबिच चुनावी एकता हुने घोषणा गरिएको हो ।
दीपक साहले डा.सिके राउत अध्यक्ष रहेको जनमत पार्टीबाट अलग भएर हालै सर्वोदय पार्टी गठन गरेका थिए । निर्वाचनमा भाग लिन चुनावी एकता गर्न लागिएको अध्यक्ष साहले बताए । बदलिँदो परिस्थितिमा परम्परागत ढङ्गबाट राजनीति अगाडि नबढ्ने भएकाले नयाँ सोचका साथ स्थापना भएका दुई पार्टीबिच चुनावी एकता हुन लागेको उनले बताए ।
उनले भने, ‘अहिले चुनावी एकता भएर काम गर्दै गएपछि परिस्थितिले साथ दियो भने पार्टी एकता पनि हुनसक्छ तर अहिले चुनावी एकता मात्र गर्न लागिएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण