चीन-नेपाल मित्रताको बलियो समर्थक रहिरहनेछु : राजदूत चेन
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले चीन-नेपाल मित्रताको सबैभन्दा बलियो समर्थक आफू रहने बताएका छन् । आफ्नो कार्यकाल पूरा गरी चीन फर्किन लागेका राजदूत चेनले नेपाल बसाइको क्रममा नेपाल सरकारले देखाएको सद्भाव, मित्रता र समर्थनका लागि धन्यवाद दिएका छन् ।
‘नेपालका लागि चिनियाँ राजदूतको रूपमा मेरो कार्यकाल समाप्त गर्दै म सबै प्रिय नेपाली साथीहरू र नेपाल सरकारलाई मेरो बसाइको क्रममा देखाएको सद्भाव, मित्रता र समर्थनका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु,’ उनले भने । आफू सधैंभरि नेपालको सबैभन्दा इमानदार मित्र र चीन–नेपाल मित्रताको सबैभन्दा बलियो समर्थक रहने पनि उनले उल्लेख गरेका छन् ।
राजदूत चेन सोङ तीन वर्षको कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका हुन् । २०७९ पुस २४ गतेदेखि उनले नेपालका लागि चिनियाँ राजदूतको कार्यभार सम्हालेका थिए । समग्रमा उनको नेपाल कार्यकाल सफल मानिएको छ । उनले आफ्नो कार्यकालमा दुई देशबाट उच्चस्तरीय भ्रमण गराउन भूमिका खेले ।
२०८१ साउनमा चितवनको सिमलतालमा बस बेपत्ताको विषयमा एक्स अकाउन्टमा राजदूत चेनले भारतलाई जोडेर गरेको टिप्पणीबारे प्रतिनिधिसभा बैठकमा समेत कुरा उठेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण