काठमाडौँमा फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
सारांश
- सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीटीपी २०२६) काठमाडौंमा आयोजना हुने भएको छ।
- सम्मेलनले नेपालमा अनुसन्धान संस्कृतिको विकास गर्ने र विश्वव्यापी वैज्ञानिक समुदायमा नेपालको उपस्थिति बलियो बनाउने लक्ष्य राखेको छ।
- यस सम्मेलनमा नेपाल, कोरिया, चीन, भारत र भियतनामका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले भाग लिनेछन्।
काठमाडौँ । नेपालको वैज्ञानिक र शैक्षिक क्षेत्रका लागि कोसेढुङ्गा सावित हुने गरी सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्स सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीटीपी २०२६) आयोजना हुने भएको छ। रिसर्च एन्ड इनोभेसन सेन्टर नेपाल, नेपाल इन्जिनियरिङ कलेज र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको प्राविधिक सहयोगमा यो महत्त्वपूर्ण कार्यक्रम हुन लागेको हो।
‘सुधारिएको र दिगो विश्वका लागि सूचना तथा सञ्चार प्रविधि र फोटोनिक्सको उन्नति’ भन्ने मूल नाराका साथ आयोजना हुने यस सम्मेलनको अध्यक्षता चीनको नान्जिङ युनिभर्सिटीका प्रा.डा. विकास नकर्मीले गर्नेछन्। सन् २०२६ फेब्रुअरी ११ देखि १४ सम्म काठमाडौँको होटल हायात सेन्ट्रिकमा सञ्चालन हुने यस सम्मेलनले नेपालमा अनुसन्धान संस्कृतिको विकास गर्ने र विश्वव्यापी वैज्ञानिक समुदायमा नेपालको उपस्थिति बलियो बनाउने लक्ष्य राखेको छ। सम्मेलनमा नेपाल, कोरिया, चीन, भारत र भियतनामका ख्यातिप्राप्त प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले मुख्य वक्ताको रूपमा सहभागिता जनाउनेछन्। यसमा १०० भन्दा बढी उच्च गुणस्तरका अनुसन्धान पत्रहरू प्रस्तुत हुने अपेक्षा गरिएको छ।
सम्मेलनको अर्को मुख्य आकर्षण कोरियाको प्रख्यात विश्वविद्यालय काइस्ट द्वारा आयोजना गरिने 'ग्लोबल डिजिटल इनोभेसन र प्रभाव' सम्बन्धी विशेष कार्यशाला हो। यस कार्यशालामा विभिन्न देशका नीति निर्माता र सरकारी अधिकारीहरूले डिजिटल गभर्नेन्स, एआई रणनीति र सीमापार सहकार्यबारे छलफल गर्नेछन्। यसले नेपाललाई विश्वव्यापी विशेषज्ञहरूबाट प्रत्यक्ष सिक्ने र राष्ट्रिय डिजिटल रूपान्तरणका लागि नयाँ मार्गहरू पत्ता लगाउने दुर्लभ अवसर प्रदान गर्नेछ।
नेपालका प्रमुख विश्वविद्यालयहरू, विश्वविद्यालय अनुदान आयोग र नास्टजस्ता संस्थाहरूको समर्थन रहेको यस कार्यक्रमले फोटोनिक्स एप्लिकेसन, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), नवीकरणीय ऊर्जा, रोबोटिक्स र डिजिटल गभर्नेन्स जस्ता विषयलाई प्रमुख ट्रयाकको रूपमा समेटेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण