रमेश लेखकलाई बयान दिन जान कांग्रेस नेताहरूको सुझाव
बुधबार, ०९ पुस २०८२, १७ : ०५
सारांश
- नेपाली कांग्रेसका नेताहरूले रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन सुझाव दिएका छन्।
- पार्टीको कार्यसम्पादन समिति बैठकमा नेताहरूले लेखकलाई आयोगमा जान सुझाव दिए।
- गौरीबहादुर कार्की नेतृत्वको आयोगले लेखकलाई बयानका लागि शुक्रबार बोलाएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले जेनजी आन्दोलन हुने बेलाका गृहमन्त्री तथा पार्टी नेता रमेश लेखकलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग बयान दिन जान सुझाव दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो बसेको कार्यसम्पादन समिति बैठकमा बोल्ने नेताहरूले लेखकलाई बयान दिन जान सुझाव दिएका बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
‘आजको बैठकमा उहाँ (लेखक) लाई छानबिन आयोगले पत्र काटेको विषयमा कुरा उठेको थियो । नेताहरूले उहाँलाई आयोगमा गएर आफ्ना कुरा राख्न सुझाव दिनुभयो,’ प्रवक्ता डा.महतले भने । कार्की नेतृत्वको आयोगले मंगलबार लेखकलाई पत्र काट्दै शुक्रबार बयान दिन बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण