बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

जरिवाना नबुझाउने ६ दलकाे दर्ता खारेज

बुधबार, ०९ पुस २०८२, १७ : ३८
बुधबार, ०९ पुस २०८२

सारांश

  • निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ।
  • आयोगले जरिवाना नबुझाउने दलहरूलाई कारबाही गरेको जनाएको छ।
  • खारेज हुने दलहरूमा आम आदमी पार्टी नेपाललगायतका छन्, अब १३७ दल कायम छन्।

काठमाडौँ । निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । पुस ८ गते बसेको आयोगको निर्णयअनुसार दल दर्ता खारेज गरेको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५४ को उपदफा ४ बमोजिम जरिवाना नबुझाउने दलहरूलाई कारबाही गरिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

दल खारेज हुनेमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक, नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी गौरवशाली र माओवादी जनमुक्ति पार्टी नेपाल रहेका छन् । मङ्सिर १४ गतेसम्म आयोगमा १४३ दल दर्ता भएकोमा अब १३७ दल कायम भएको छ । 

605243187_4349708765258984_2334688348411837116_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप