बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीकाे भेटवार्ता

बुधबार, ०९ पुस २०८२, १७ : ५२
बुधबार, ०९ पुस २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । 

कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगायतको टोलीले प्रधानमन्त्री कार्कीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता गरेको हो ।

टोलीले विशिष्ट अवस्थामा गठन भएको यस सरकारले आफ्नो कार्यादेश सफलतापूर्वक सम्पन्न गर्न सकोस् भनी शुभकामना पनि व्यक्त गरेको थियो । 

प्रधानमन्त्री कार्की प्रतिष्ठानका पदेन संरक्षक पनि हुन् । यस अवसरमा कुलपति शर्माले प्रतिष्ठानको अवस्था र कार्ययोजनाका बारेमा जानकारी गराइन् । 

देशभरको गीत, संगीत तथा नाट्य विधामा अध्ययन अनुसन्धान गरी संरक्षणका काम गर्नुपर्ने भए पनि राज्यको प्राथमिकतामा नपरेको गुनासो गरिन् ।

प्रतिष्ठान अहिले प्रिफ्याबको अस्थायी टहरामा रहेकाले भवन निर्माणका लागि आवश्यक स्रोतसाधनको खोजीमा रहेको उनले जानकारी गराइन् ।

प्रधानमन्त्री कार्कीले सम्बन्धित मन्त्रालय तथा अन्य निकायहरूसँग परामर्श गरी यसबारे आवश्यक पहल गर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप