बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचनलाई सफल बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन

बुधबार, ०९ पुस २०८२, १८ : ५६
बुधबार, ०९ पुस २०८२

काठमाडौँ । नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले पार्टीलाई आगामी राजनीतिक चुनौतीका लागि तयार रहन सङ्गठन सुदृढीकरण अपरिहार्य रहेको बताएका छन् । 

बारामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई गाउँ टोलसम्म सक्रिय रूपमा परिचालित गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 

अगामी पुस २० गते मलङवामा आयोजना हुने आमसभालाई ऐतिहासिक र सन्देशमूलक बनाउने गरी अधिकतम सहभागिता सुनिश्चित गर्न नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए ।

समाजवादी पार्टीकी नेतृ एवं मधेस प्रदेशका प्रदेशसभा सदस्य विमला अन्सारीले पार्टी जनताको हक, अधिकार र समावेशी लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिएको बताइन् ।

नेपाल सङ्घीय समाजवादी पार्टी केवल सत्ताका लागि होइन, उत्पीडित, पछाडि पारिएका समुदायको न्याय र अधिकार सुनिश्चित गर्न सङ्घर्षरत पार्टी रहेको उल्लेख गर्दै उनले सङ्गठनलाई तलसम्म सङ्गठित बनाएर जनताको विश्वास जित्नु आजको आवश्यकता रहेको बताइन् । 

उनले पारदर्शी नेतृत्व, जवाफदेही सङ्गठन र जनमुखी राजनीति नै पार्टीको मूल शक्ति भएको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई अनुशासित र जिम्मेवार ढङ्गले अघि बढ्न आग्रह गरिन् । कार्यक्रमको अध्यक्षता मोकादम मियाले गरेका थिए । 

बारा जिल्लाको जिल्ला कमिटी पुनर्गठन गरिएको छ । नवगठित जिल्ला कमिटीको अध्यक्षमा नुरुल्ला मिया अन्सारीलाई चयन गरिएको समाजवादी पार्टीका अध्यक्ष अन्सारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप