शीतलहरको प्रभाव बढ्दै, महोत्तरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
सारांश
- महोत्तरीसहित तराई क्षेत्रमा शीतलहर बढेपछि जनजीवन प्रभावित भएको छ।
- जिल्ला प्रशासन कार्यालयले बालबालिका, वृद्धवृद्धा र विपन्न वर्गलाई विशेष ध्यान दिन आग्रह गरेको छ।
- शीतलहरबाट बच्न न्यानो लुगा लगाउन र स्वास्थ्य समस्या देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध छ।
जनकपुरधाम। महोत्तरी जिल्ला सहित सम्पूर्ण तराई क्षेत्रमा विगत केही दिनदेखि शीतलहर र अत्यधिक चिसो बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ । चिसोका कारण दैनिक गतिविधिमा कठिनाइ आउनुका साथै स्वास्थ्य जोखिमसमेत बढेको छ ।
चिसोबाट बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिला तथा विपन्न वर्ग बढी जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लावासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा शीतलहरको समयमा सावधानी नअपनाए स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने उल्लेख गर्दै सबैलाई सचेत रहन अनुरोध गरिएको छ । प्रशासनले बाहिर निस्कँदा बाक्लो र न्यानो लुगा लगाउन, टाउको तथा छाती जोगाउन टोपी र मफलरको प्रयोग गर्न सुझाव दिएको छ ।
विशेषगरी बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलाको स्वास्थ्यमा थप ध्यान दिनुपर्ने प्रशासनको भनाइ छ । साथै, सकेसम्म तातो तथा झोलिलो पोसिलो खानेकुरा खान र मनतातो पानीको सेवन गर्न आग्रह गरिएको छ ।
आगो वा हिटर बालेर बस्दा पर्याप्त हावा ओहोरदोहोर हुने सुरक्षित स्थान रोज्नुपर्नेमा पनि प्रशासनले जोड दिएको छ । त्यसैगरी, पशुचौपायालाई चिसोबाट जोगाउन सुरक्षित र न्यानो गोठको व्यवस्था गर्न पशुपालक किसानहरूलाई आग्रह गरिएको छ ।
चिसोका कारण ज्वरो, रुघाखोकी, श्वासप्रश्वासमा समस्या वा अन्य कुनै स्वास्थ्य समस्या देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ ।
शीतलहर वा अन्य कुनै आकस्मिक विपद्को तत्काल सम्बोधनका लागि आवश्यक परेमा प्रहरी कन्ट्रोल रुमको नम्बर १०० मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण