बालेन र रवि भित्र छलफलमा, बाहिर बढ्न थाल्यो भिड (तस्बिरहरू)
काठमाडौँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहका सहयोगी कुमार बेनको ललितपुरको ज्वागलस्थित घरअगाडि भिड बढेको छ ।
बिहीबार दिउँसो बेनको घरभित्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र मेयर शाहबिच भेटवार्ता भइरहेको छ ।
दुई नेता भित्र छलफल गरिरहँदा बाहिर भने उनका शुभचिन्तक, स्थानीय तथा कार्यकर्ताहरू जम्मा हुन थालेका हुन् ।
अहिले उक्त छलफलस्थलमा स्वतन्त्र निवर्तमान सांसद अमरेशकुमार सिंह पनि पुगेका छन् ।
लामिछाने र शाहबिच यो दोस्रो ‘वान टु वान’ भेटवार्ता हो । यसअघि सोमबार राति कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा करिब पाँच घण्टा छलफल भएको थियो ।
यसैबिच भित्र लामिछाने र साहबिच छलफल भइरहँदा बाहिर भने जेनजी अभियन्ता सुदन गुरुङले ढोकाका ताला लगाइदिएका छन् । आफू सहमतिका लागि दबाब दिन छलफलस्थलमा आएको र सहमति नगरेसम्म बालेन र रविलाई बाहिर निस्कन नदिने बताएका छन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण