मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु
तनहुँ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको दुईतर्फ जोड्ने पहुँच सडक निर्माण सुरु गरिएको छ ।
चार लेनको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल जोड्न पहुँच सडक पनि निर्माण सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
पहुँच सडक निर्माणका लागि व्यास–४ तर्फ केही घरटहरा हटाउनुपर्ने र व्यास–५ तर्फ सडक डिभिजन कार्यालय स्थानान्तरण गर्नुपर्ने देखिन्छ । पुल निर्माणको जिम्मा पाएको अन्नक जेडआइष्टी जेभीले चार लेनको पुलको काम ७४ प्रतिशत सम्पन्न भएको जनाएको छ ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेकामा गत भदौ २१ गते ठेक्का म्याद सकिएपछि पुन आगामी असार १९ गतेसम्मका लागि म्याद थप भएको छ ।
रु एक अर्ब २१ करोड भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल हुने जनाइएको छ ।
पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण