केपीको मुख र कांग्रेसको रुख देखिनुभएन : खगेन्द्र सुनार
बिहीबार, १० पुस २०८२, १७ : ५२
सारांश
- हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले नयाँ शक्तिहरू मिल्नुपर्ने बताए।
- उनले कांग्रेस र एमाले देश डुबाउन मिल्दैछन् भने, नयाँ शक्तिहरू देश बनाउन मिल्दैछन् ।
- सुनारले बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ मिलेर अघि बढ्नुपर्ने सुझाव दिए।
काठमाडौँ । हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले नयाँ र वैकल्पिक शक्तिहरू मिल्नुको विकल्प नभएको बताएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले यस्तो बताएका हुन् ।
‘कांग्रेस एमाले देश डुबाउन मिल्दैछन्, हामी बनाउन मिल्दैछौँ’, सुनारको भनाइ छ । उनले नयाँ शक्तिहरूको एउटै चाहाना रहेको पनि बताए । उनले भने, ‘मरेका जेनजी र बाँचेका नेपालीको मुख हेर्ने हो । केपी ओलीको कब्जाबाट देश मुक्त गराउन र भोलि देशवासीको सुखका लागि हो । केपी ओलीको मुख र कांग्रेसको रुख देखिनुभएन ।’
उनले बालेनले सक्रिय राजनीतिमा आउने चाहाना राखेको भन्दै आफूहरूले रवि बालेन र कुलमानहरूलाई मिलेर जान सुझाव दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण