पुस १२ गतेदेखि घर निर्माण फेस्ट, ६ लाखमै घर निर्माण
काठमाडौँ । दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ को तयारी पूरा गरेको छ । घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा गर्ने लागेको घर निर्माण फेस्टको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठुलो मेलाका रूपमा स्थापना हुँदै आएको फेस्टबारे बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो जनाएको हो ।
घर निर्माण क्षेत्रलाई आधुनिक प्रविधि, किफायती समाधान र गुणस्तरीय सामग्रीसँग जोड्ने उद्देश्यका साथ घर निर्माण फेस्ट २०८२ आयोजना हुने लागेको आयोजकले जनाएको छ।
मेलाले निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी र सर्वसाधारणलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य राखेको छ। फेस्टको मुख्य आकर्षणको रूपमा मात्र ६ लाख रुपैयाँमा निर्माण गर्न सकिने घरका नमुनाहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। मेलामा कमाउने घर, अर्किड भिल्ला, ह्वाइट रुम्स, डोम हाउस जस्ता आधुनिक तथा वैकल्पिक आवासीय अवधारणाबारे जानकारी दिइनेछ ।
१५० भन्दा बढी स्टलहरू रहने यस प्रदर्शनीमा निर्माण सामग्री, प्रविधि, डिजाइन र सेवाहरूका बारेमा विस्तृत जानकारी उपलब्ध हुनेछ।
प्रदर्शनीमा २ सय करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। यस पटकको फेस्टलाई ऐतिहासिक बनाउन विश्व कीर्तिमानी इँटाको प्रदर्शनका साथै जस्मिन पेन्ट्सको सहकार्यमा विश्वकै सबैभन्दा ठुलो ढाका टोपी प्रदर्शनी समेत गरिने विज्ञप्तिमा उल्लेख छ । यसले नेपाली कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।
युवा पुस्ता र विद्यार्थीहरूको सीपलाई प्रोत्साहन गर्न मेलामा ५० भन्दा बढी कलेजका विद्यार्थीहरूबिच मोडल प्रतियोगिता आयोजना गरिनेछ । यसले भविष्यका इन्जिनियर र आर्किटेक्टहरूलाई व्यवहारिक अनुभव प्रदान गर्ने विश्वास आयोजकको छ।
मेलाको पहिलो र दोस्रो दिन घर नक्सा र राम्रो र बलियो घर विषयमा प्यानल डिस्कसन हुनेछ भने तेस्रो दिन जे गर्छु नेपालमै गर्छु विषयक अन्तरक्रिया आयोजना गरिनेछ। मेला अवधिभर दैनिक ४० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण