भारतीयलाई नागरिकता दिलाएको आरोपमा एक जना पक्राउ, अर्का फरार
महोत्तरी । सरकारी कागजात किर्ते गरी भारतीयलाई नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले इलाका प्रशासन कार्यालय रामगोपालपुरका एक कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
पक्राउ पर्नेमा कृष्ण मण्डल रहेका छन् । सरकारी कागजात, छाप, दस्तखत किर्ते गरी होलोग्रामको दुरुपयोग गरेको आशंकामा उनलाई पक्राउ गरिएको हो ।
विशेष सूचनाका आधारमा मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए । उनका अनुसार मण्डल पक्राउ परेपछि अर्का एक कार्यालय सहयोगी भने फरार भएका छन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार इलाका प्रशासन रामगोपालपुरबाट २०७६ सालमा वितरण गरिएका केही नागरिकतामा त्रुटि देखिएपछि अनुसन्धान अघि बढाइएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गृह मन्त्रालयबाट २०८२ असोज ३० गते अनुसन्धान अगाडि बढाउन निर्देशन आएको बताए ।
‘म महोत्तरी आउनु अगावै यस विषयमा अनुसन्धान सुरु भएको रहेछ,’ प्रजिअ यादवले भने, ‘यहाँ आएपछि नागरिकता वितरणमा गम्भीर त्रुटि भेटिएपछि कार्यालय सहयोगीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको हो ।’
अनुसन्धानमा संलग्न कर्मचारीका अनुसार किर्ते गरी नागरिकता बनाइएका भारतीय नागरिकहरूले नेपाली राहदानीसमेत बनाएर विदेश गएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । नागरिकता बनाउने क्रममा इलाका प्रशासनका केही कर्मचारीले मोटो रकम असुलेको आशंकासमेत गरिएको छ ।
प्रहरीका अनुसार अनुसन्धान टुंगिएपछि घटनासम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण