फिल्मको डिजिटल व्यवसाय थाल्दै अभिनेत्री बेनिशा
काठमाडौँ । अभिनेत्री बेनिशा हमालले फिल्मको डिजिटल व्यवसाय सुरु गर्ने भएकी छन् ।
उनले आफ्नो कम्पनी मौरी पिक्चर्समार्फत फिल्मको डिजिटल कारोबार गर्न लागेकी हुन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले आफूले फिल्मको डिजिटल कारोबारको नयाँ यात्रा थाल्न लागेको जानकारी दिएकी हुन् ।
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘द ब्लु लाइट’ मार्फत एक्जिक्युटिभ प्रोड्युसरको रूपमा नयाँ अध्यायसमेत सुरु गरिसकेको जानकारी दिएकी उनले यसलाई निर्माताको रूपमा आफ्नो पहिलो कदम पनि भनेकी छन् ।
‘सन् २०२५ को अन्त्यसँगै म एउटा नयाँ यात्रातर्फ अगाडि बढ्दै छु । मेरो कम्पनी मौरी पिक्चर्समार्फत अब फिल्महरूको डिजिटल अधिकार लिन सुरु गर्ने निर्णय गरेको छु । यो मेरो लागि एक नयाँ सुरुवात हो,’ उनी अगाडि लेख्छिन्, ‘नयाँ सुरुवात सधैँ अलमल र अनिश्चितताले भरिएको हुन्छ, तर त्यससँगै एउटा फरक उत्साह पनि हुन्छ । मलाई थाहा छ, यो यात्रा सजिलो हुनेछैन र रातारात सफलता पनि आउने छैन । तर, म आशावादी छु, यो यात्राले मलाई धेरै कुरा सिकाउनेछ र फिल्म मेकिङको यात्रामा अझ अगाडि बढ्न मद्दत गर्नेछ ।’
उनले यो उद्योगमा लामो समय बिताउँदा धेरै कुरा सिकेकोले फिल्ममार्फत केही योगदान दिनु आफ्नो कर्तव्यसमेत भएको बताएकी छन् । उनी भन्छिन्, ‘नयाँ यात्राले नयाँ चुनौतीहरू ल्याउँछ, तर यस घडीमा हजुरहरूको माया, समर्थन र प्रोत्साहनको अपेक्षा गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण