जन्मथलोबाट प्रचण्ड सर्वसम्मत सिफारिस, नत्र बुहारीसहित १५ आकांक्षी
पोखरा । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आफ्नै जन्मथलोबाट उम्मेदवार बन्न आग्रह गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीको क्षेत्रीय कमिटी बैठकले प्रचण्डको एकल नाम सर्वसम्मत सिफारिस गरेको हो । प्रचण्डले चुनाव लड्न इच्छा नदेखाएर अन्य १५ जना प्रतिस्पर्धामा छन् ।
दाहालले यसअघि २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ १० र रोल्पा २ बाट जितेका थिए । २०७० को दोस्रो निर्वाचनमा भने उनी काठमाडौँ १० मा पराजित भए पनि सिरहा ५ बाट विजयी भएका थिए । २०७४ मा चितवन ३ र २०७९ मा गोरखा–२ बाट उनले चुनाव जितेका थिए ।
कास्की क्षेत्र नम्बर ३ बाट विभिन्न पार्टी समाहित भएका कारण उम्मेदवार सिफारिस सोहीअनुसार भएको छ । ‘औपचारिक, अनौपचारिक भेटघाटमा प्रचण्डलाई कास्की ३ बाट चुनाव लडिदिनुपर्यो भनेर आग्रह गरिएको छ । अहिले पनि जन्मथलोले सर्वसम्मत उहाँलाई बोलाएको छ,’ केन्द्रीय सदस्य रामजी बराल भन्छन्, ‘हाम्रो आग्रह मानिदिनुहुनेछ भन्ने विश्वास छ । यदि उहाँ आउनुभएन भने अरू धेरैले आकांक्षा देखाएका छन् ।’
प्रचण्ड कास्की नआए उनकी बुहारी सिर्जना त्रिपाठीसहित नेताहरूले आकांक्षा देखाएका बरालको भनाइ छ । त्रिपाठी प्रकाश दाहालपत्नी हुन् । केन्द्रीय सदस्यहरू रामजी बराल ‘जीवन’ दुर्गा विक, एकीकृत समाजवादीका तत्कालीन प्रदेश संयोजक कृष्ण नेपाली, क्षेत्रीय संयोजक भीम क्षितिज, रत्नकुमारी गुरुङ, गोविन्दप्रसाद अधिकारी, भानुभक्त अधिकारी, भोजराज पौडेल, बलराम सुवेदी, प्रेम पौडेल र गणेश आचार्य पनि उम्मेदवार आकांक्षीका रूपमा सिफारिस भएका छन् ।
यस्तै शरणसिंह विश्वकर्मा, सुमन ढुंगाना र प्रसन्न अधिकारीलाई पनि उम्मेदवार सिफारिस गरिएको छ । शरण, सुमन र प्रसन्न जेनजी क्लस्टरका उम्मेदवार हुन् । जिल्ला कमिटीमा सबै आकांक्षीको नाम पठाइएको भए पनि उम्मेदवारको अन्तिम टुंगो केन्द्रले लगाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण