‘राजनीतिक इतिहासमै केपी ओलीको जमानत जफत गराउने हैसियत राख्छौँ’
काठमाडाैँ । जेनजी अभियन्ता भावना राउतले राजनीतिक इतिहासमै केपी शर्मा ओलीको जमानत जफत गराउने हैसियत आफूहरूसँग भएको बताएकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्ताे बताएकी हुन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह झापामा एमाले अध्यक्ष ओलीसँग चुनाव लडे जमानत जफत गराइदिन्छौँ भन्ने सुनिएको उल्लेख गर्दै उनले भनिन्,'हेक्का रहोस्, ओलीलाई बारम्बार सडक, आन्दोलन र जनदबाबबाट घुँडा टेकाउन बाध्य बनाउने यही पुस्ता हो । यो पटक बालेनले आँट मात्रै गरून् । हामी “युवा भोट गर्न गाउँ फर्क” जस्ता राष्ट्रव्यापी अभियान चलाएर ओलीको राजनीतिक इतिहासमै जमानत जफत गराउने हैसियत, सङ्गठन र एकता राख्छौँ।'
उनले आफूहरूको धैर्यलाई कमजोरी नठान्न समेत आग्रह गरिन् ।
'घर–घरमा टाँसिनेछन् निर्मला पन्तका तस्बिरहरू, मधेस आन्दोलनमा मारिएका सहिदहरूको स्मृति, जेनजी आन्दोलनमा हत्या गरिएका र घाइते बनाइएका युवाका अनुहारहरू र ओली शासनकालमा भएका दमन, दम्भ र सत्ताको दुरुपयोगका प्रमाणहरू,'उनले अगाडि भनिन् ।
उनले आफूहरूको मौनता नेताहरूको शक्ति नभएको बताउँदै भनिन्,'हाम्रो मौनता त आँधी आउनु अघि को शान्ति हो ।'
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा झापामा ओलीसँग भिड्ने बालेनकाे चाहना रहेकाे बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण