संगीत
प्रेम सेनको ‘यो सिन्दूर तिमीलाई’
शुक्रबार, ११ पुस २०८२, २० : ११
काठमाडौं । गायक प्रेम सेनले नयाँ गीत ‘यो सिन्दूर तिमीलाई’ ल्याएका छन् । गीतमा कमल खत्रीको शब्द तथा संगीत छ भने एरेन्ज विजेश्वर तण्डुकारले गरेका छन् ।
तास स्टुडियोमा रेकर्ड गरिएको गीतलाई रेकर्डिङ तथा मिक्सिङ विजेश्वर तण्डुकारले नै गरेका हुन् । गीतको भिडियोमा गायक प्रेम आफैं फिचर्ड छन् । भिडियोमा दिनेश पराजुलीको छायांकन, पूनम चौधरीको मेकअप र विकास धमलाको सम्पादक तथा कलर संयोजन छ ।
प्रेमले केही महिनाअघि ‘आकाशैमा’, ‘चरी बेसार’ र ‘हो नि रेशम’ गीत सार्वजनिक गरेका थिए । डेढ दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनका यसअघि सानी, तिम्रो पाउजु, आऊ गाऔं, तिमीले लाको चौबन्दी लगायत गीत रुचाइएका थिए ।
‘यो सिन्दूर तिमीलाई’ 'प्रेम सेन' युट्युब च्यालनमा सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण