कर्मचारीलाई सेवा प्रवाह र सुशासनमा ध्यान दिन गृहमन्त्रीकाे निर्देशन
शुक्रबार, ११ पुस २०८२, २० : ४९
काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै प्रशासनिक सुशासनमा विशेष ध्यान दिन कर्मचारीहरुलाई निर्देशन दिए ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सार्वजनिक सूचना प्रणाली तथा टोकन प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनले सुशासन कायम गर्न नसकेकै कारण निर्वाचित जनप्रतिनिधिको म्याण्डेट भंग भएको उल्लेख गर्दै कर्मचारीहरुले पनि जेनजी पुस्तालाई चुनौतीको रुपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताए ।
सेवा प्रवाह प्रभावकारी बनाउँदै मुलुकमा सुशासन कायम गर्न नसके सरकार निरन्तर युवापुस्ताको दबाब र चुनौती सामना गर्न बाध्य हुने उनको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण