पूर्वराष्ट्रपति भण्डारीद्वारा आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी
शनिबार, १२ पुस २०८२, १७ : ४८
सारांश
- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले डा. मिना आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो।
- भण्डारीले आचार्यको निवासमा पुगेर परिवारजनसँग भेटघाट गर्नुभयो र स्वास्थ्य लाभको कामना गर्नुभयो।
- डा.आचार्यले पूर्व राष्ट्रपति भण्डारी राष्ट्रपति हुँदा विज्ञ सल्लाहकारको रूपमा काम गर्नुभएको थियो।
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज पूर्वप्रधानमन्त्री स्व.टङ्कप्रसाद आचार्यकी सुपुत्री तथा वरिष्ठ अर्थशास्त्री डा. मिना आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् ।
भण्डारीले पुरानो बानेश्वरस्थित आचार्यको निवास पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । उनले डा.आचार्यका परिवारजनसँग भेटघाट गरी स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।
स्मरणीय छ डा.आचार्यले पूर्व राष्ट्रपति भण्डारी राष्ट्रपति रहेका अवधिमा विज्ञ सल्लाहकारका रूपमा काम गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण