नेकपा प्युठानबाट यी हुन् प्रतिनिधिसभाका लागि सिफारिस भएका उम्मेदवार
बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्युठानले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाका लागि सात जना नेताको नाम सिफारिस गरेको छ ।
पार्टीले विद्यार्थी नेता मिलन एसीसहित लीलामणि पोखरेल, कृष्णध्वज खड्का, भोजविक्रम बुढा मगर, उमाराम पौडेल, अर्जुन कुमार कक्षपति र प्रेमबहादुर विश्वकर्माको नाम सिफारिस गरेको हो । साविक माओवादी प्युठानका जिल्ला संयोजक यज्ञबहादुर केसीले यसबारे रातोपाटीलाई जानकारी दिए ।
पार्टीद्वारा सिफारिस गरिएकामध्ये पोखरेल पूर्वमन्त्री हुन् भने खड्का लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री हुन् । मिलन एसी नेकपा माओवादीका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वकेन्द्रीय उपाध्यक्ष हुन् ।
भोजविक्रम बुढा मगर जिल्लाका अग्रणी नेताका रूपमा परिचित छन् । यस्तै उमाराम पौडेल र अर्जुन कुमार कक्षपति पार्टीका पूर्वप्रदेश सदस्य हुन् भने प्रेमबहादुर विश्वकर्मा पनि विद्यार्थी नेता हुन् । २०७९ सालको निर्वाचनमा प्युठानबाट एमालेका सूर्यबहादुर थापा क्षेत्री निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण