मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

'रवि–बालेन'बिच एकता सम्झौता हुँदा निश्चल बस्नेत पनि सहभागी

आइतबार, १३ पुस २०८२, ०६ : ३६
आइतबार, १३ पुस २०८२

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच सात बुँदे सहमति हुँदा चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेत पनि सँगै रहेको पाइएको छ । 

दुई नेताबिच रातभरको छलफलपछि आज बिहान सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति प्रक्रियामा दुवै पक्षका नेतासँगै कलाकार बस्नेत पनि सहभागी भएका हुन् । 

सहमतिपछि उनले रवि र बालेनको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै देशको लागि सँगै  लेखेका छन् । 

लामो छलफलपछि रास्वपा र बालेनबिच सहमति भए पनि निरन्तर छलफलमै रहेका उर्जामन्त्री कुलमान घिसिङबारे भने उक्त सहमतिमा कुनै विषय समावेश छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप