बालेन र रविलाई दीपकराज गिरीको चेतावनी : फेरि अर्को विकल्प खोज्नु नपरोस्
सारांश
- कलाकार दीपकराज गिरीले बालेन शाह र रवि लामिछानेलाई सचेत गराएका छन्, देशले अर्को विकल्प खोज्ने अवस्था नआओस् भन्दै चिन्ता व्यक्त गरे।
- उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै शाह र लामिछानेलाई शुभकामना दिएका छन्, तर पटक-पटक भएका विकल्पको प्रयोगले देशले गति लिन नसकेको बताए।
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर शाहबिच ७ बुँदे सहमति भएको थियो।
काठमाडौँ । कलाकार दीपकराज गिरीले मुलुकले फेरि अर्को विकल्प खोज्ने दिन नआओस् भन्दै बालेन शाह र रवि लामिछानेलाई सचेत गराएका छन् । गिरीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नयाँ सहमति सहित अगाडि बढेका बालेन शाह र रविलाई शुभकामना दिँदै उनले शाह र लामिछानेलाई सचेत गराएका हुन् ।
उनले स्ट्याटसमा बालेन र रविको नाम उल्लेख नगरे पनि दुवैको फोटो हाल्दै र नयाँ सहमति भनेकोले स्ट्याटस उनीहरूप्रति लक्षित छ भनेर सजिलै बुझ्न सकिन्छ ।
गिरी लेख्छन्, ‘२००७ सालमा कांग्रेस, २०४६ सालपछि कांग्रेस र एमाले, ०६२, ६३ मा माओवादी । जनताले हरेक पल्ट परिवर्तनको आवाजलाई साथ दिएकै हुन्’, गिरी लेख्छन्– ‘पटक पटक अनेकौँ विकल्पहरूको प्रयोग भयो । तर देशले सोचे जस्तो गति लिन सकेन ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर शाहबिच शनिबार राति ७ बुँदे सहमतिसहित एकता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण