राजदूत शर्मा र गुजरातका मुख्यमन्त्री पटेलबिच दुई पक्षीय सहकार्यबारे छलफल
सारांश
- नेपाली राजदूत र गुजरातका मुख्यमन्त्रीबीच गान्धीनगरमा भेटवार्ता भयो, जसमा पर्यटन प्रवर्द्धनबारे छलफल भयो।
- भेटमा पर्यटन, सूचना प्रविधि, जलविद्युत, र शिक्षा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भयो।
- दुवै देशबीच सांस्कृतिक सम्बन्ध र पर्यटन आदानप्रदान बढाउने सहमति भएको छ।
गान्धीनगर । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलबिच शनिबार गान्धीनगरमा शिष्टाचार भेटवार्ता भएको छ। गुजरात भ्रमणका क्रममा भएको यस भेटमा नेपालको पर्यटन प्रवर्द्धनका साथै दुई पक्षीय सहकार्यका विविध सम्भावनाबारे विस्तृत छलफल भएको हो।
राजदूत शर्माले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा गुजरातले हासिल गरेको चौतर्फी विकास र विश्वस्तरीय पर्यटन पूर्वाधारको प्रशंसा गर्दै नेपालले पनि गुजरातको अनुभवबाट फाइदा लिन सक्ने बताए।
भेटका क्रममा पर्यटन, सूचना प्रविधि, जलविद्युत, उत्पादनमूलक उद्योग र शिक्षा क्षेत्रमा साझेदारी गर्ने विषयमा गम्भीर छलफल भएको थियो।
नेपालको विशाल जलविद्युत क्षमता र गुजरातको औद्योगिक आवश्यकताबिच तालमेल मिलाउन सकिने तथा गुजरातका सूचना प्रविधि हबहरूसँग सहकार्य गर्न सकिने विषयलाई प्राथमिकताका साथ उठाइएको छ। साथै, दुवै देशबिचको सांस्कृतिक र धार्मिक सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन आदानप्रदान बढाउने सहमति समेत भएको छ।
मुख्यमन्त्री पटेलले गुजरात भारतको म्यानुफ्याक्चरिङ पावरहाउस मात्र नभई अब सेमिकन्डक्टर, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ग्लोबल क्यापेबिलिटी सेन्टरहरूमा पनि नेतृत्वदायी भूमिकामा रहेको जानकारी दिए। उनले स्ट्याच्यु अफ युनिटी, सोमनाथ–द्वारका जस्ता प्रसिद्ध तीर्थस्थलहरूले लाखौँ पर्यटक भित्र्याइरहेको उदाहरण दिँदै नेपालसँगको सहकार्यले दुवै पक्षलाई लाभ हुने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण