निर्वाचन आचारसंहिता : घरदैलो गर्दा प्रस्तावक र समर्थकसहित बढीमा २५ जना मात्र सहभागी हुन पाउने
सारांश
- निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आचारसंहिता २०८२ स्वीकृत गरेको छ, जसमा कडा नियमहरू छन्।
- नयाँ आचारसंहिता अनुसार, उम्मेदवारहरूले र्याली र प्रचारप्रसारमा सवारी साधन प्रयोग गर्न पाउने छैनन्, र जुलुसको समय सीमित गरिएको छ।
- आयोगले डिजिटल प्रचारप्रसारमा कडाइ गर्दै बालबालिकाको प्रयोग र आर्थिक सहायताको घोषणामा रोक लगाएको छ, साथै उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता २०८२’ स्वीकृत गर्दै राजनीतिक दल र उम्मेदवारहरूका लागि कडा नियमहरू सार्वजनिक गरेको छ ।
नयाँ आचारसंहिता अनुसार अब उम्मेदवारहरूले चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल वा अन्य कुनै पनि प्रकारका सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न वा प्रचारप्रसार गर्न पाउने छैनन् । निर्वाचनलाई कम खर्चिलो र मर्यादित बनाउन आयोगले प्रचारप्रसारका शैलीमा व्यापक फेरबदल गरेको हो ।
आचारसंहिता अनुसार जुलुस, आमसभा वा घरदैलो कार्यक्रम गर्दा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइनेछ । उम्मेदवारको मनोनयन दर्ता गर्न जाँदा वा घरदैलो गर्दा प्रस्तावक र समर्थकसहित बढीमा २५ जना मात्र सहभागी हुन पाउनेछन् भने बाजागाजा र झाँकी प्रदर्शनमा पूर्ण रोक लगाइएको छ । यस्तै, प्रचारका क्रममा बालबालिकाको प्रयोग गर्न नपाइने र कसैको निजी घर वा सार्वजनिक स्थलमा दलको झण्डा वा चिन्ह राख्न र टाँस्न समेत प्रतिबन्ध लगाइएको छ ।
आयोगले डिजिटल प्रचारप्रसारमा पनि कडाइ गरेको छ । अनलाइन वेब पेज, टिभी स्क्रोलिङ, सपिङ मलका डिस्प्ले र कल सेन्टरमार्फत प्रचार गर्न पाइने छैन । यद्यपि, राजनीतिक दल वा उम्मेदवारले आफ्नो एउटा आधिकारिक वेबपेजमा भने सामग्री राख्न पाउनेछन् ।
निर्वाचनका बेला विभिन्न क्लब, आमा समूह वा गैरसरकारी संस्थालाई नगद वा जिन्सी बाँड्न, चन्दा दिन वा आर्थिक सहायताको घोषणा गर्न पनि निषेध गरिएको छ । यी नियमहरू उल्लंघन गर्ने उम्मेदवार वा दललाई प्रचलित कानुन अनुसार कडा कारबाही गरिने आयोगले चेतावनी दिएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण