बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

हलिउड र फ्रेन्च सुपरस्टार ब्रिगिट बार्डोटको ९१ वर्षको उमेरमा निधन

आइतबार, १३ पुस २०८२, २१ : ०१
आइतबार, १३ पुस २०८२

सारांश

  • प्रसिद्ध अभिनेत्री ब्रिगिट बार्डोटको ९१ वर्षको उमेरमा निधन भएको छ।
  • बार्डोटले १९५० र १९६० को दशकमा युरोपेली सिनेमा र संस्कृतिमा ठूलो प्रभाव पारिन्।
  • उनले पशु अधिकारको संरक्षणको लागि 'ब्रिगिट बार्डोट फाउन्डेसन' स्थापना गरेकी थिइन्।

फ्रान्स । सन् १९६० को दशककी प्रतिष्ठित हलिउड र फ्रेन्च सुपरस्टार ब्रिगिट बार्डोटको ९१ वर्षको उमेरमा निधन भएको छ ।

दक्षिण फ्रान्सस्थित आफ्नै निवासमा उनको आज निधन भएको हो । 

सन् १९३४ मा पेरिसमा जन्मिएकी बार्डोट फ्रान्सकी चर्चित अभिनेत्री, मोडल र गायिका हुन्, जसले १९५० र १९६० को दशकमा युरोपेली सिनेमा र लोकप्रिय संस्कृतिमा ठुलो प्रभाव पारिन् । उनी फिल्म 'एन्ड गड क्रिएटेड वुमन'मार्फत अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल भइन् र सौन्दर्य, स्वतन्त्रता तथा साहसिक व्यक्तित्वको प्रतीकका रूपमा उनलाई चिनिन्छ । 

बार्डोटलाई सिल्भर स्क्रिनमा एक बोल्ड अभिनेत्रीका रूपमा मात्र नभई एक गायिका र पशु संरक्षण कार्यकर्ताका रूपमा पनि विशेष पहिचान बनाउन सफल भएकी थिइन् । अभिनयबाट पछि हटेपछि उनले पशु अधिकार संरक्षणलाई जीवनको मुख्य उद्देश्य बनाएकी थिइन् । 'ब्रिगिट बार्डोट फाउन्डेसन' स्थापना गरी विश्वभर पशु कल्याणका लागि अभियान चलाइरहेकी थिइन् ।

अभिनय करिअर र सामाजिक सक्रियताले बार्डोटलाई सिनेमा मात्र होइन, सामाजिक चेतनाको इतिहासमा पनि स्मरणीय व्यक्तित्व बनाएको थियो । 

'ब्रिगिट बार्डोट फाउन्डेसन'का प्रतिनिधि ब्रुनो ज्याकलिनले उनको निधनको पुष्टि गरेका हुन् । गत महिना उनलाई स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना गरिएको थियो । उनको निधनको खबरले हलिउडदेखि विश्वभर गहिरो शोक छाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप