एनपीएल ट्रफीसहितको टोली सम्मानित
गुल्मी । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको ट्रफी लिएर गुल्मी आइपुगेको टोलीलाई आइतबार सम्मान गरिएको छ ।
रेसुङ्गा नगरपालिकाद्वारा धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गाको यज्ञशालामा ट्रफी प्रदर्शनसहित सम्मान गरिएको हो । ट्रफी प्रदर्शन कार्यक्रममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने लुम्बिनी लायन्सको एनपीएल ट्रफी प्राप्त गर्न सफल टोलीलाई रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीसहितका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।
ट्रफी प्रदर्शनस्थलमा रेसुङ्गा माध्यमिक विद्यालयका विद्यार्थीले पञ्चेबाजासहित रेसुङ्गाको यज्ञशाला परिसर क्षेत्रमा बाजागाजासहित विजेता टोलीलाई स्वागत गरेका थिए ।
ट्रफीसहित गुल्मी आइपुगेको लुम्बिनी लायन्स टोलीमा गुल्मीका खेलाडी तिलकराज भण्डारीको उपस्थिति रहेको थियो । उक्त ट्रफी प्रदर्शन कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले नगर स्थापना दिवसका अवसरमा खेलाडी भण्डारीलाई रु २५ हजार नगदसहित सम्मान गर्ने घोषणा गरे ।
सो अवसरमा खेलाडी भण्डारीले गुल्मी जिल्लासँग जोडिएर क्रिकेट खेल्ने अवसर पाउनु आफैँमा गर्वको विषय भएको बताए। रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले पछिल्लो समयमा नागरिकमा खेलप्रति आकर्षण बढ्दै गएको भन्दै खेलाडीको मेहनतमा ऊर्जा भर्न खेलकुद क्षेत्रको विकासमा कुनै कन्जुस्याइ गर्न नहुने बताए ।
ट्रफी बोकेर गुल्मी आइपुगेको लुम्बिनी लायन्सको टोली रेसुङ्गाको यज्ञशाला, सदरमुकाम तम्घासहुँदै छत्रकोट र रुरुक्षेत्रमा ट्रफी प्रदर्शन गरी पाल्पा फर्किसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण