‘फिफ्थ कोलमनिस्ट’ दलमा आवारा कार्यकर्ताको बिगबिगी
सारांश
- लेखमा 'फिफ्थ कोलमनिस्ट' र 'आवारा' शब्दको अर्थ र राजनीतिक सन्दर्भबारे व्याख्या गरिएको छ।
- फिफ्थ कोलमनिस्टहरूले देशलाई कमजोर बनाउने र आवारा कार्यकर्ताहरूले यसलाई सहयोग गर्ने कुरा उल्लेख छ।
- लेखमा राजनीतिक अस्थिरता, अवसरवाद, र नेताहरूको स्वार्थका कारण लोकतन्त्रमा आएको संकटबारे चर्चा गरिएको छ।
‘फिफ्थ कोलमनिस्ट’ भन्नाले नेपालीमा घर भित्र बसेर घर बाहिरका दुस्मनलाई सहयोग गर्नु हुन्छ । यसलाई अझ आन्तरिक गद्दार, भित्रिया शत्रु, घुपैठिया तथा षड्यन्त्रकारी भनेर पनि बुझ्न सकिन्छ । फिफ्थ कोलमनिस्ट शब्द युरोपबाट आएको हो । यसलाई राजनीतिक रूपमा पार्टी वा देशभित्र षड्यन्त्र गर्ने, विश्वासघात गर्ने, गुप्त स्वार्थ राख्ने, पार्टी वा देशलाई बाह्य हस्तक्षेपमा सहयोग गर्ने भन्ने पनि जान्दा हुन्छ ।
अब हेरौँ अर्को नेपाली भाषामा चलनचल्तीमा रहेको शब्द ‘आवारा’ । आवाराको नेपाली अर्थ विना काम यताउति घुम्ने; बराला, समाज र घरपरिवारको कुनै पर्बाह नगर्ने; निस्फिक्री, उद्देश्यहीन, जिम्मेवारीहीन भन्ने हुन्छ । आवारा शब्दको उत्पत्ति फारसी भाषाबाट हिन्दी, उर्दू हुँदै नेपालीमा प्रवेश गरेको हो । नेपाली समाजमा आवारा लोकप्रिय शब्द पनि हो ।
नेपाल आज औपचारिक रूपमा संघीय लोकतान्त्रिक गणतान्त्रिक देश हो । संविधान छ, विघटित संसद् छ । फेरि संसदकै चुनाव हुनेवाला छ । बाहिरबाट हेर्दा लोकतान्त्रिक छ । तर, फिफ्थ कोलमनिस्टहरुको भीडमा आवारा छ । अर्थात् फिफ्थ कोलमनिस्ट प्रवृत्तिले ग्रसित दलमा आवारा कार्यकर्ताको घेरामा छ । त्यसैमा लोकतन्त्र बेरिएको छ ।
फिफ्थ कोलमनिस्टमा आवारापन सामान्य राजनीतिक अस्थिरता होइन । यो राज्य, दल र लोकतान्त्रिक मूल्य, मान्यतालाई भित्रैबाट कमजोर बनाउने संरचनागत सङ्कट हो । जहाँ राजनीति सेवा होइन, सौदाबाजी बन्छ; विचार होइन, अवसर प्रधान हुन्छ, राष्ट्रहीतभन्दा माथि व्यक्तिगत तथा बाह्य स्वार्थ हुन्छ ।
दलका नेताहरूलाई विदेशी जासुसको आरोप लाग्ने गरेको कुनै नौलो होइन । दलकै प्रमुख नेताहरू पनि यसैलाई मलजल हुने गरी बोलिरहेका हुन्छन् । मलाई फलानो देशको समर्थन छ भनी रहेका हुन्छन् । मानौँ नेता नै फिफ्थ कोलमनिस्ट हुन् ।
भूराजनीतिमा गोप्य सूचनाको धेरै ठुलो महत्त्व हुने गर्छ । त्यसैले यो राज्यसँग यसको सम्बन्ध नङ र मासु जस्तै हुन्छ । दलहरू चुनावको बाटो समाउँदै छन् । तर दलहरूभित्र वैचारिक रिक्तता, सङ्गठनात्मक अविश्वास र अवसरवादी व्यवहारले देश र जनताका एजेन्डा ओझेलमा पारिरहेको छ । त्यसका पछाडि उनै फिफ्थ कोलमनिस्ट नेता र आवारा कार्यवाहकता नै रहेका छन् ।
जनता निराश, निरीह छन् । यस्तै समयमा फिफ्थ कोलमनिस्टहरु विभिन्न पार्टीमा खतरनाक हालीमुहाली गरिरहेका हुन्छन् । राजनीतिक आन्दोलनको नैतिकता खस्किँदो छ । चुनाव नीतिगत प्रतिस्पर्धाभन्दा व्यक्तिगत सौदाबाजी बनेको छ । राजनीतिमा शत्रु सधैँ बाहिर हुँदैन ।
इतिहासले देखाएको छ– सबैभन्दा खतरनाक शत्रु देशका लागि देश भित्र, पार्टीका लागि पार्टीभित्रै हुन्छन् । यसैले पार्टीको आन्तरिक बहसको नाममा फुट ल्याउँछ । स्वच्छ र पारदर्शी लोकतान्त्रिक बहस भए पो सही निर्णय आउँछ । त्यसको ठिक उल्टो बनाउन फिफ्थ कोलमनिस्टहरुले भूमिका खेलेका हुन्छन् ।
यसैका सहयोगीहरू आवारा कार्यकर्ता हुन् । जुन देश र जनताका लागि घातक हुन्छन् । आवारा कार्यकर्ता कुनै आकस्मिक दुर्घटना होइन । फिफ्थ कोलमनिस्ट नेताले निर्माण गरेको राजनीतिक संस्कृतिको उत्पादन हो– अवारा कार्यकर्ता । निष्ठाभन्दा पहुँच ठुलो, विचारभन्दा पद महत्त्वपूर्ण, आन्दोलनभन्दा चुनाव प्राथमिक, पार्टीको एजेन्डाभन्दा नेताका योजनामा केन्द्रित हुन्छ ।
अहिले यस्तैको जयजयकार छ । पार्टीलाई आवारा कार्यकर्ताहरूले विचार संस्था होइन, करियर प्लेटफर्म ठान्छन् । सत्ता हुँदा नजिक, सङ्कट हुँदा टाढा, हारको जिम्मेवारी लिँदैनन्, सफलतामा श्रेय खोज्छन् । जेनजी आन्दोलनपछि यस्तै कुरा छर्लङ्ग देखिएको छ ।
००७ सालदेखि नै नेपालमा फिफ्थ कोलमनिस्ट नेताहरू जन्मेका हुन् । नेपाली माटोलाई सुहाउँदो राजनीतिक आन्दोलन, कार्यक्रम ल्याउन नसक्दा फिफ्थ कोलमनिस्ट नेतृत्व बनेका छन् । त्यस कारण फिफ्थ कोलमनिस्ट दलमा आवारा कार्यकर्ता हुनु कुनै नौलो नमानौँ । फिफ्थ कोलमनिस्ट नेताहरूले बसालेका प्रणाली, संस्कृति र अभ्यासको समष्टिगत परिणाम हो ।
दलहरूका नेताहरूले फिफ्थ कोलमनिस्ट संस्कार त्याग्ने र आवारा कार्यकर्तालाई वैचारिक शिक्षा, पार्टी सङ्गठनात्मक अनुशासन, पारदर्शी नेतृत्व चयनको प्रशिक्षण, पुस्तान्तरणको स्पष्ट योजना पढाउन नसक्ने हो भने समस्या झनै बढ्ने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण