राजनीति
अशोक राई छाडेर उपेन्द्रसँगै फर्किए रेणुसहितका नेता
सोमबार, १४ पुस २०८२, १२ : ५७
सारांश
- अशोक राई नेतृत्वको जसपाका नेताहरू पुनः जसपा नेपालमा फर्किएका छन्।
- सोमबार रेणु यादवको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यहरू जसपा नेपालमा फर्किए।
- उपेन्द्र यादव र रेणु यादवले संयुक्त विज्ञप्ति जारी गर्दै एकताको जानकारी दिए।
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरू जसपा नेपालमा फर्किएका छन् । सोमबार जसपा सहअध्यक्ष रेणु यादवको नेतृत्वमा आफूसहित बहुमत केन्द्रीय सदस्यहरू जसपा नेपालमा फर्किएको नेता प्रदीप यादवले जनाकारी दिए ।
जसपा फर्किएका नेताहरू रेणु,प्रदीप लगायतलाई जसपा अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् । अध्यक्ष उपेन्द्र यादव र रेणु यादवले संयुक्त विज्ञप्ति जारी गर्दै जसपासँग एकता गरेको जानकारी गराएका छन् ।
यसअघि राजेन्द्र श्रेष्ठ लगायतका नेताहरूले पनि अशोक राई नेतृत्वको जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण