इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
सुलावेसी । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो सहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दमकल विभागका प्रमुख जिमी रोतिन्सुलुले आगलागी आइतबार राति करिब ८ः ३० बजे सुरु भएको र धेरै वृद्ध बासिन्दा आफ्नो कोठामा विश्राम गरिरहेका बेला घटना भएको बताए ।
उद्धार टोलीले १२ जनालाई सुरक्षित उद्धार गरी स्थानीय अस्पतालमा पठाएको छ । स्थानीय सञ्चारमाध्यमले देखाएको भिडियोमा आगोले भवनलाई व्यापक रूपमा ढाकेको देखिन्छ र स्थानीयहरूले वृद्ध बासिन्दालाई बाहिर निकाल्न प्रयास गरेका थिए ।
अधिकारीहरूले मृतकहरूको पहिचान प्रक्रिया सुरु गरेको बताएका छन् भने परिवारसँग समन्वय गरी थप विवरण सार्वजनिक गरिने बताइएको छ । इन्डोनेसियामा पछिल्लो समय आगलागी घटनाहरू बढिरहेका छन् । यसै महिनामा राजधानी जकार्तामा सात तले कार्यालय भवनमा आगो लाग्दा कम्तीमा २२ जनाको मृत्यु भएको थियो भने सन् २०२३ मा निकेल प्रशोधन कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण