रास्वपाले उज्यालो नेपाल पार्टीलाई १५ प्रतिशतमा सीमित गर्न खोजेपछि सहमति भाँडियो
सारांश
- रास्वपा, काठमाडौँ महानगरपालिका र उज्यालो नेपाल पार्टीबीचको वार्ता निष्कर्षविहीन भयो, जसले गर्दा एकता हुन सकेन।
- उज्यालो नेपालले उपसभापतिसहित पार्टीमा ३० प्रतिशत भागबन्डाको माग गरेको थियो, तर रास्वपाले १५ प्रतिशत मात्र दिन सक्ने अडान लियो।
- एकता नहुने भएपछि उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फको बन्द सूचीको तयारी गरिरहेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका बालेन्द्र साह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच आइतबार सात घण्टा चलेको वार्ता निष्कर्षविहीन बन्न पुग्यो ।
पुनः छलफल गर्नेगरी वार्ता सकिए पनि सोमबार यो समाचार तयार पार्दासम्म वार्ता हुन सकेको छैन । उज्यालो नेपालले रास्वपासँग एकता गर्न उपसभापतिसहित पार्टीमा समग्र ३० प्रतिशत भागबन्डा हुनुपर्ने माग गरेको थियो । तर रास्वपाले उज्यालो पार्टीलाई १५ प्रतिशत भन्दा बढी दिन नसक्ने अडान राखेसँगै वार्ता निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ ।
सोमबारको वार्तामा पार्टी एकीकरण गरेर जान रास्वपाले बढीमा १५ प्रतिशत मात्रै दिने प्रस्ताव गरेपछि कुलमानले पार्टीको अस्तित्व र सम्मानजनक सहभागिता बिना कुनै पनि किसिमको एकता गर्न नसकिने जवाफ फर्काएको स्रोतको भनाइ छ ।
स्रोतले भन्यो,‘ हामीले उपसभापतिसहितको सम्मानजनक स्थान माग गरेका थियौँ, तर उनीहरूले १५ प्रतिशतमा सीमित गर्न खोजे। त्यसले गर्दा अहिलेको अवस्थामा एकताको वातावरण बन्न सकेन । अब सम्भावना टर्यो भन्दा पनि हुन्छ, हामी आफ्नै ढंगले अगाडि बढ्छौँ। अब कार्यगत एकताको लागि बाटो भने खुला छ ।’
यसैबिच रास्वपासँग पार्टी एकता नहुने अवस्था भएपछि उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फको बन्द सूचीको तयारी अन्तिम चरणमा पुर्याएको जानकारी दिएको छ । साँझ ६ बजेसम्मको समयसीमाभित्र सबै प्रक्रिया टुङ्गाएर आयोगमा सूची बुझाउने तयारी उक्त पार्टीले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण