करणी मुद्दामा फरार महिला र पुरुष ९ वर्षपछि पक्राउ
सोमबार, १४ पुस २०८२, १३ : ५५
सारांश
- दार्चुलामा हाडनाता करणी मुद्दामा फरार रहेका देवेन्द्र ठगुन्ना र मौना ठगुन्ना ९ वर्षपछि पक्राउ परेका छन्।
- जिल्ला अदालतले कैद सजाय तोकेपछि फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
- पक्राउ पर्नेमा देवेन्द्रलाई ३ महिना र मौनालाई १ महिना १५ दिन कैद सजाय तोकिएको थियो।
दार्चुला । करणी मुद्दामा फरार दार्चुलाका एक महिला र पुरुष ९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाडनाता करणी मुद्दामा ३ महिना कैद सजाय तोकिएको नौगाड गाउँपालिका–३ बस्ने २६ वर्षीय देवेन्द्र ठगुन्ना र १ महिना १५ दिन कैद सजाय तोकिएकी सोही ठाउँकी ३० वर्षीया मौना ठगुन्ना रहेका छन् ।
जिल्ला अदालत दार्चुलाले २०७३ जेठ ३० गते गरेको फैसला लगत्तै फरार रहेका दुवै जनालाई आइतबार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण