महालेखा नियन्त्रक कार्यालयले अर्थमन्त्री र महालेखा निरीक्षकलाई बुझायो एकीकृत वित्तीय विवरण
सारांश
- महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को एकीकृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
- प्रतिवेदन अनुसार, संघ, प्रदेश र स्थानीय सरकारहरूको सञ्चित कोष १ खर्ब ८ अर्ब ९९ करोड ६ लाख रुपैयाँले ऋणात्मक रहेको छ।
- समग्र नगद अवस्था १ खर्ब ४ अर्ब १३ करोड ८४ लाख रुपैयाँले धनात्मक र कुल नगद मौज्दात धनात्मक रहेको छ।
काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को संघ, प्रदेश र स्थानीय सरकारहरूको एकीकृत वित्तीय विवरण सार्वजनिक गरेको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले सोमबार उक्त प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनाल र महालेखापरीक्षकलाई उक्त प्रतिवेदन बुझाएको हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ५ बमोजिम तयार पारिएको सो प्रतिवेदन अर्थ मन्त्रालय र महालेखा परीक्षकको कार्यालयमा समेत पेस गरिएको छ । नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रही सङ्घीय सञ्चित कोषको सञ्चालन गर्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयले यो विवरण पेस गरेको जनाएको छ ।
प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा संघ, प्रदेश र स्थानीय सरकारहरूको सञ्चित कोष १ खर्ब ८ अर्ब ९९ करोड ६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । त्यस्तै,सञ्चित कोष ऋणात्मक रहेता पनि समग्र नगद अवस्था भने १ खर्ब ४ अर्ब १३ करोड ८४ लाख रुपैयाँले धनात्मक देखिएको छ ।
संघ, प्रदेश र स्थानीय सरकारका साथै अतिरिक्त बजेटरी निकायहरूको विभिन्न कोषमा रहेको रकमका आधारमा कुल नगद तथा बैंक मौज्दात १ खर्ब ८८ अर्ब ९४ करोड ५८ लाख रुपैयाँले धनात्मक रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा नेपाल सार्वजनिक क्षेत्र लेखामान र महालेखा परीक्षकबाट स्वीकृत ढाँचा अनुरूप संघ, प्रदेश र स्थानीय तहका साथै बजेट प्रणाली बाहिर रहेका निकायहरूको विवरण समेत समावेश गरिएको छ । कानुन अनुसार कार्यालयले निर्धारित समयावधि भित्रै यो विवरण बुझाइएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण