सुर्खेतमा रास्वपाको संगठन विस्तार तीव्रः एक हप्तामा ११ वडा कमिटी गठन, ५५० भन्दा बढी प्रवेश
सुर्खेत । आसन्न निर्वाचन नजिकिएसँगै सुर्खेतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठन विस्तारलाई तीव्र पारेको छ ।
पार्टीका जिल्ला सभापति रमेश कुमार सापकोटाका अनुसार यसअघि सुर्खेतका ९९ वडा मध्ये ५३ वडामा रास्वपाले आफ्नो संगठन विस्तार गरिसकेको थियो ।
गएको एक हप्तामा मात्रै विभिन्न स्थानीय तहका ११ वटा वडामा वडा कमिटीहरू गठन भएका छन् । पालिका कमिटीहरु यसअघि नै गठन भइसकेका छन् ।
पार्टी प्रवेशको लहर पनि उल्लेख्य रूपमा बढेको उनले बताए । गएको एक हप्तामा मात्रै जिल्लाभर ५५० भन्दा बढी विभिन्न राजनीतिक दलका कार्यकर्ताहरू रास्वपामा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरू मध्ये करिब ७० प्रतिशत कांग्रेस र नेकपा (एमाले) बाट आएका छन् भने बाँकी ३० प्रतिशत अन्य दल वा स्वतन्त्र पृष्ठभूमिका रहेको उनको भनाइ छ ।
रवि लामिछाने जेल बाहिर आएदेखि झन रास्वपाप्रति आकर्षण बढेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण