जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशित, २० जना सिफारिस
सोमबार, १४ पुस २०८२, १९ : १३
काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदको लागि लिइएको लिखित परीक्षाको अन्तिम नतिजा साेमबार प्रकाशन गरेको छ ।
२१ जनाको माग भएकोमा २७ जना उत्तीर्ण भएका छन् । जसमध्ये २० जनाको नाम न्यायाधीशमा सिफारिस गरिएको छ । मधेसी कोटामा रहेको खुलाबाट सिफारिस भएपछि एक पद रिक्त भएको छ ।
गत कात्तिक २०, २१, २२ र २३ गते लिएको लिखित परीक्षामा १७२ जना सहभागी भएकोमा २७ जना उत्तीर्ण भएका थिए ।
आयोगले आन्तरिक खुलातर्फ ११ जनाका लागि विज्ञापन गरेकोमा १५ जना, खुलातर्फ ६ जनाका लागि भएको विज्ञापनमा २० जना, महिलातर्फ एक जनाका लागि २ जना, आदिवासी जनजातितर्फ २ जनाका लागि २ जना र मधेसीतर्फ एक जना खुलाबाट सिफारिस भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण