समानुपातिकमा रुचि छैन, काठमाडौँ-५ बाट प्रत्यक्ष निर्वाचन लड्छु : राप्रपा नेता कार्की
सारांश
- राप्रपा नेता हिक्मतजंग कार्कीले फागुन २१ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेका छन्।
- उनले युवा पुस्ताको प्रतिनिधित्व गर्दै मुलुकका लागि केही फरक र राम्रो गर्न चुनाव लड्ने बताए।
- कार्कीले राप्रपा र राप्रपा नेपालबीचको एकतालाई सकारात्मक मानेका छन्, र आफ्नो पार्टीको मुख्य एजेन्डाबारे बोले।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता हिक्मतजंग कार्कीले फागुन २१ को निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेका छन् । धेरैजसो नेताहरू सुरक्षित हुनका लागि समानुपातिकतर्फ आकर्षित भइरहेका बेला कार्कीले भने आफूलाई समानुपातिकमा रुचि नभएको र प्रत्यक्ष चुनावी मैदानमै उत्रिने बताएका हुन् ।
सोमबार रातोपाटीसँग कुराकानी गर्दै केन्द्रीय सदस्य समेत रहेका कार्कीले आफ्नो बसोबास र कार्यक्षेत्र काठमाडौँ ५ नै रहेकाले पार्टीले विश्वास गरेको खण्डमा आफू त्यहीँबाट उम्मेदवार बन्न चाहेको स्पष्ट पारे । चुनावी प्रतिस्पर्धालाई चुनौतीभन्दा पनि नयाँ पुस्ताको उत्साहका रूपमा आफूले लिएको उनको भनाइ छ । उनले भने, 'म कसैलाई डोमिनेट गर्न होइन, युवाहरूको प्रतिनिधित्व गर्दै मुलुकका लागि केही फरक र राम्रो गर्न चुनाव लड्दैछु ।'
कार्कीले आफूलाई जेनजी पुस्ताकै प्रतिनिधिको रूपमा प्रस्तुत गर्दै अबको नेतृत्व युवाहरूकै काँधमा आउनुपर्नेमा जोड दिए । मुलुकमा पछिल्लो समय देखिएको राजनीतिक शून्यता र नेतृत्वप्रतिको वितृष्णालाई चिर्न युवाहरू राजनीतिमा सक्रिय हुनुपर्ने र आफू संसदीय अभ्यासमा पूर्ण इमान्दार भएर लाग्ने उनको प्रतिबद्धता छ ।
अर्को प्रसंगमा उनले राप्रपा र राप्रपा नेपालबीचको एकता सुखद भएको टिप्पणी गर्दै विचार मिल्ने शक्तिहरू एक ठाउँमा आउँदा राष्ट्रवादी एजेन्डा झन् बलियो हुने विश्वास व्यक्त गरे । संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको पुन:स्थापनालाई आफ्नो पार्टीको मुख्य एजेन्डा बताउँदै उनले जनताको आधारभूत आवश्यकताहरू जस्तै– शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नु नै आफ्नो मूल लक्ष्य रहेको बताए ।
यसैगरी नयाँ राजनीतिक दल र स्वतन्त्र शक्तिहरूको उदयलाई सकारात्मक रूपमा लिँदै कार्कीले व्यक्ति लोकप्रिय भएर मात्र भने मुलुक नचल्ने तर्क गरे । उनले लोकप्रियताको लहर भन्दा पनि संस्था र सिद्धान्त बलियो हुनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण