रोयटर्सले लेख्यो- र्यापर बालेन अब नेपालको प्रधानमन्त्री बन्ने दौडमा
सारांश
- रोयटर्सका अनुसार, काठमाडौँका मेयर बालेन शाह रास्वपामा प्रवेश गरी प्रधानमन्त्री बन्ने दौडमा सामेल भएका छन्।
- रास्वपा र बालेन शाहको गठबन्धनले पुरानो दलहरूलाई चुनौती दिने लक्ष्य राखेको छ, र चुनाव जिते बालेन प्रधानमन्त्री बन्नेछन्।
- यो सहकार्य युवा प्रदर्शन र भ्रष्टाचार विरुद्धको आन्दोलनको जगमा बनेको हो, जसले नेपाली राजनीतिमा रणनीतिक मोड ल्याएको छ।
काठमाडाैँ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले काठमाडौँ महानगरपालिका मेयर बालेन शाह अब नेपालको प्रधानमन्त्री बन्ने दौडमा सामेल भएको उल्लेख गरेको छ। फागुन २१ गते देशमा निर्वाचन तय भएको छ । त्यसअघि बालेन रास्वपामा जान सहमत भएसँगै उक्त पार्टीले बालेनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको हो ।
तीन दशकदेखि नेपालको सत्तामा हालीमुहाली गर्दै आएका पुराना दलहरूलाई चुनौती दिन मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गठबन्धन गर्ने निर्णय गरेका हुन्।
रोयटर्सले रास्वपा र बालेन शाहबिच भएको सहमति अनुसार यदि चुनावमा रास्वपाले जित हासिल गरेमा ३५ वर्षीय बालेन शाह देशको प्रधानमन्त्री बन्ने उल्लेख गरेको छ। रवि लामिछाने भने पार्टी सभापतिकै भूमिकामा रहनेछन्। पूर्व टेलिभिजन प्रस्तोता लामिछाने र र्यापरबाट राजनीतिमा आएका शाहको यो सहकार्यलाई नेपाली राजनीतिको रणनीतिक मोड मानिएको समाचारमा उल्लेख छ ।
यो गठबन्धन गत सेप्टेम्बरमा भएको युवाहरूको ठूलो प्रदर्शनको जगमा बनेको हो। भ्रष्टाचार विरुद्ध भएको उक्त आन्दोलनमा ७७ जनाले ज्यान गुमाएका थिए, जसका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको थियो। बालेन शाह उक्त आन्दोलनका अघोषित नेता भएको पनि समाचारमा दाबी गरिएको छ। उनकै सहयोगमा निर्वाचन सम्पन्न गराउन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ।
विश्लेषक विपिन अधिकारीले रोयटर्ससँग भनेका छन्, 'बालेन र उनका युवा समर्थकहरूलाई आफ्नो पक्षमा ल्याउनु रास्वपाको निकै स्मार्ट कदम हो। पुराना दलहरू आफ्ना युवा मतदाता गुम्ने डरले अहिले चिन्तित देखिन्छन्।'
सोमबार मात्रै कुलमान घिसिङ संरक्षक उज्यालो नेपाल पार्टीसमेत रास्वपामा समाहित हुने सहमति भएको छ । यो सहमतिसँगै रास्वपा वैकल्पिक राजनीतिक शक्तिको बलियो धार बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण