गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मङ्गलबार, १५ पुस २०८२, ११ : ४३
सारांश
- काठमाडौंको गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका २५ वर्षीय अबि श्रेष्ठको उपचारको क्रममा मृत्यु भयो।
- मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किएपछि दुर्घटना भएको थियो।
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ स्थित गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार चक्रपथबाट हात्तीगौंडा जाँदै गरेको प्रदेश–२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर घाइते भएका २५ वर्षीय अबि श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए । मोटरसाइकल अनियन्त्रित भएर विद्युत्को पोलमा ठक्कर खाएको थियो । मृतक श्रेष्ठ रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्थानीय हुन् ।
यसअघि असावधानीवश फोटो असम्बन्धित परेकाले सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण