खालिदा जियाको निधनमा शेख हसिनाले के भनिन् ?
मङ्गलबार, १५ पुस २०८२, ११ : ५४
सारांश
- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले बेगम खालिदा जियाको निधनमा समवेदना व्यक्त गरेकी छिन्।
- शेख हसिनाले खालिदा जियाको देशमा लोकतन्त्रको संघर्ष र योगदानको स्मरण गर्दै महत्वपूर्ण भूमिका रहेको बताइन्।
- खालिदा जियाको निधन बंगलादेशी राजनीति र बीएनपीको नेतृत्वको लागि ठूलो क्षति भएको बताइएको छ।
नयाँ दिल्ली । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी)की अध्यक्ष बेगम खालिदा जियाको निधनमा समवेदना व्यक्त गरेकी छिन् ।
‘बंगलादेशकी पहिलो महिला प्रधानमन्त्रीको रूपमा र देशमा लोकतन्त्रको संघर्षमा उनको भूमिका महत्वपूर्ण थियो । देशमा उनको योगदान महत्वपूर्ण थियो र यसलाई सदैव स्मरण गरिनेछ ।’ शेख हसिनाले भनेकी छिन् ।
खालिदा जियाको निधन बंगलादेशी राजनीति र बंगलादेश राष्ट्रवादी पार्टीको नेतृत्वको लागि ठूलो क्षति भएको पनि बताइएको छ । शेख हसिनाले खालिदा जियाका छोरा तारिक रहमान र उनको परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको मंगलबार ८० वर्षको उमेरमा निधन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण