सडक मर्मत सम्भार गर्न नसकेकै कारण जनतामा ठुलो आक्रोश छ : मन्त्री घिसिङ
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन् । मन्त्री घिसिङले २३ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री घिसिङले यस्तो बताए ।
'सडकको अवस्था सुधार गर्नुपर्ने सडक धेरै छन् । यसको मर्मत सडक बोर्डले आफ्नो जिम्मेवारी बहन गरेको छ' मन्त्री घिसिङले भने,'तर बजेटको लिमिटेशनका कारण मर्मत सम्भार गर्न सकिएको छैन ।'
संघ, प्रदेश र स्थानीय तहबाट सडक मर्मत भइरहेको उनको भनाइ छ । 'तर बजेट अभावमा समयमै मर्मत सम्भार गर्न सकिरहेका छैनौ,' मन्त्री घिसिङले भने,'धेरै सडक मर्मत सम्भार गर्न नसकेकै कारण जनतामा ठुलो आक्रोश छाएको छ ।' यस्तै आगामी वर्षमा बजेट दायरा बढाउनुपर्ने पनि बताए ।
साथै केहि सडक मर्मतमा निर्माण व्यवसायीका कारण पनि ढिला भएको उनको भनाइ छ । अबका दिनमा काम भएन भने निर्माण व्यवसायीले पेनाल्टी तिर्नुपर्ने अवस्था बनाएर काम अघि बढाउनु पर्ने उनको भनाइ थियो । सडक बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीले समयमा मर्मत सम्भार गर्न नसक्दा लागत बढ्दै गएको बताएका थिए ।
केसीले भने,'समयमै सडक मर्मत नगरे तीन चारगुणा लागत बढ्छ । सडक मर्मतलाई वैज्ञानिक ढङ्गबाट गरिनुपर्छ ।' सडक बोर्डले नियमित मर्मत, पटके मर्मत र अद्यावधिक मर्मत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण