चन्द्र ढकालका छोरा सचिन ढकाल रास्वपाको समानुपातिक सूचीमा
मङ्गलबार, १५ पुस २०८२, १२ : २५
१
सारांश
- चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाल रास्वपाको समानुपातिक सूचीमा परेका छन्।
- उनी फुटबल क्लबका अध्यक्ष र खेलकुद, पर्यटन लगायतका क्षेत्रमा सक्रिय छन्।
- सचिन बालेन साहको कोटाबाट समानुपातिक सूचीमा परेका हुन्।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका छन् ।
फुटबल चितवन क्लब (एफसी चितवन)को अध्यक्ष समेत रहेका ढकाल रास्वपाको समानुपातिकको सूचीमा परेका हुन् । सचिन खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् । सचिन बालेन साहको कोटाबाट समानुपातिक सूचीमा परेका हुन् ।
उनको नाम खस आर्यको २ नम्बर सूचीमा छ । पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनको व्यवस्थापनमा इला कम्फर्ट होटेलहरू सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण