एनसेलको भोल्टे क्षमता अभिवृद्धि परियोजना उद्घाटन, ५० लाख ग्राहक लाभान्वित हुने
सारांश
- मन्त्री खरेलले पोखरास्थित एनसेल डाटा सेन्टरमा भोल्टे सेवाको उद्घाटन गरे, जसले उच्च गुणस्तरको भ्वाइस कल प्रदान गर्नेछ।
- नयाँ क्षमताले एनसेललाई ५० लाख ग्राहकलाई भोल्टे सेवा प्रदान गर्न सक्षम बनाउनेछ, र भोवाइफाइले वाइफाइबाट कल गर्न मद्दत गर्नेछ।
- मन्त्रीले डिजिटल नेपाल निर्माणमा एनसेलको योगदानको प्रशंसा गर्दै डाटा सेन्टरलाई डिजिटलाइजेसनको आधारभूत संरचना भने।
कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखरास्थित एनसेल डाटा सेन्टरमा एनसेलको 'भ्वाइस ओभर लङ टर्म इभोलुसन' (भोल्टे) क्षमता अभिवृद्धि परियोजनाको उद्घाटन गरेका छन्। अत्याधुनिक सर्भरमार्फत भोल्टे र 'भ्वाइस ओभर वाइफाइ' (भोवाइफाइ) सेवा प्रदान गर्न विस्तार गरिएको आईपी मल्टिमिडिया सबसिस्टम (आइएमएस) प्रणालीको स्विच अन गरी उनले परियोजनाको औपचारिक उद्घाटन गरेका हुन्।
यस क्षमता अभिवृद्धिसँगै अब एनसेलले यो डाटा सेन्टरमार्फत ५० लाख सक्रिय ग्राहकलाई भोल्टे सेवा दिन सक्ने भएको छ। दूरसञ्चार क्षेत्रको नयाँ प्रविधि भोल्टेले उच्च गुणस्तरको 'हाई डेफिनिसन' (एचडी) र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्छ। त्यस्तै, भोवाइफाइ प्रविधिले प्रयोगकर्तालाई कुनै पनि वाइफाइ प्रयोग गरेर आफ्नै एनसेल नम्बरबाट फोन कल गर्न र एसएमएस पठाउन सक्षम बनाउँछ। यो प्रविधि विशेष गरी मोबाइल सिग्नल कमजोर हुने बेसमेन्ट, अग्ला भवन वा दुर्गम क्षेत्रमा निकै प्रभावकारी मानिन्छ।
पोखराका विभिन्न कार्यालयको निरीक्षणका क्रममा मन्त्री खरेलले एनसेलको डिजास्टर रिकभरी सेन्टरका रूपमा सञ्चालित डाटा सेन्टरको अवलोकन समेत गरेका थिए। सो क्रममा उनले एनसेलका यस्ता पूर्वाधारले 'डिजिटल नेपाल' निर्माण गर्ने लक्ष्यलाई निरन्तर साथ दिइरहेको बताए। उनले एनसेलको पोखरा डाटा सेन्टरलाई डिजिटलाइजेसनको प्रमुख आधारभूत संरचना भन्दै यसको व्यवस्थापनको प्रशंसा गरे।
एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठले सन् २०१२ मा स्थापना गरिएको यो डाटा सेन्टरले नेपालको दूरसञ्चार र सूचना प्रविधि क्षेत्रमा प्रमुख पूर्वाधारको भूमिका निभाउँदै आएको जानकारी दिए। क्षमता अभिवृद्धिपछि अब यो आधुनिक सेवा अझ धेरै ग्राहकसम्म पुग्ने उनले विश्वास व्यक्त गरे। कार्यक्रममा एनसेलका कर्मचारीहरूले मन्त्री खरेललाई डाटा सेन्टरको प्राविधिक पक्ष र भूमिकाबारे विस्तृत जानकारी गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण