लोकतन्त्र सङ्कटमा छ, संसद् पुनर्स्थापना नै समाधान हो : एमाले सचिव भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव राजन भट्टराईले लोकतन्त्रको भविष्यमाथि खतरा उत्पन्न भएको बताएका छन् ।
नेकपा (एमाले) काठमाडौँ महानगरपालिका कमिटीको आठौँ पूर्ण बैठकमा मंगलबार बोल्दै भट्टराईले संविधानका धाराहरू मिचिएकाले प्रतिकूलतातिर गइरहेको देशलाई अनुकूलतातर्फ ल्याउनुपर्ने बाध्यता रहेको बताएका हुन् ।
देशलाई सहज बाटोतर्फ लैजान अहिलेको अवस्थामा संसद् पुनर्स्थापना नै उचित विकल्प भएको उनको भनाइ छ । जनताले त्याग, तपस्या र बलिदान गरेर बनाएको संविधानलाई मास्न नदिन पनि संसद् पुनर्स्थापना गर्नुपर्ने भट्टराईको तर्क छ ।
प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन संविधानको धारा मिचेर गरिएको उनको भनाइ छ । त्यसैले संसद् पुनर्स्थापना गरेर सर्वपक्षीय सरकार बनाएर जेनजीका जायज माग पूरा गर्न सकिने भट्टराईले बताए ।
सर्वपक्षीय सरकारले संविधान संशोधन गर्न सकिने र त्यसपछि निर्वाचनमा जान सकिने एमालेको ठहर रहेको उनले सुनाए । यसो गर्न सके लोकतन्त्र र संविधान जोगिने उनको भनाइ छ ।
निर्वाचनका कार्यक्रमतर्फ पनि एमाले संलग्न भएको सन्दर्भ उल्लेख गर्दै सचिव भट्टराईले एमालेको आफ्नो मान्यतामा अडिग रहे पनि निर्वाचन बहिष्कार गर्न नहुने भएकाले सोहीअनुसार अघि बढेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण