राप्रपा नेपालले अनुमोदन गर्यो राप्रपासँगकाे पार्टी एकता, अन्तिम बैठकमा के भने कमल थापाले ?
काठमाडौँ । राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक मंगलबार काठमाडौँमा सम्पन्न भएको छ । भोलि राप्रपासँग पार्टी एकता गर्न लागेको राप्रपा नेपालको आजको बैठक अन्तिम बैठकको रूपमा रहेको थियो ।
आज बसेको केन्द्रीय कार्य समितिको बैठकले राप्रपा र राप्रपा नेपाल बिच एकता गर्ने निर्णयलाई अनुमोदन गरेको छ । भोलि पुस १६ गते दिउँसो १ः०० बजे राष्ट्रियसभा गृहमा हुने एकता घोषणा सभा भव्यता पूर्वक सम्पन्न गर्न परिचालित हुन पनि बैठकले आग्रह गरेको छ ।
बैठकमा अत्यन्तै भावुक रूपमा प्रस्तुत भएका अध्यक्ष थापाले संकटपुर्ण अवस्थामा आफूलाई सहयोग गर्ने सबैप्रति अनुग्रहित हुँदै आभार सहित कृतज्ञता व्यक्त गरेका थिए ।
थापाले सबैसँग क्रियाशील हुन आग्रह गर्दै बिचार र सङ्गठनलाई बलियो बनाउन लाग्न आग्रह गरे । काङ्ग्रेस कम्युनिस्टको विकल्प बन्न आएका नयाँ शक्तिको सिद्धान्त स्पष्ट नभएको भन्दै थापाले निर्वाचनलाई आन्दोलनको रूपमा सदुपयोग गर्ने बताए ।
बैठकमा पार्टी सञ्चालनको निमित्त महत्त्वपूर्ण योगदान दिएका महामन्त्री तथा कार्यक्रम समन्वय विभागका प्रमुख इन्द्र चित्रकारलाई सम्मान गरिएको थियो । बैठकमा पार्टी एकता बारेमा महामन्त्री तथा वार्ता समिति सदस्य राजाराम बर्तौलाले जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण