पेरी र सदरल्याण्डले महिला प्रिमियर लिग नखेल्ने
काठमाडाैँ । महिला प्रिमियर लिग २०२६ को सिजन सुरु हुनुअघि रोयल च्यालेन्जर्स बेंगलुरु र दिल्ली क्यापिटल्सलाई ठूलो झड्का लागेको छ। स्टार अलराउन्डर एलिस पेरी र एनाबेल सदरल्याण्डले व्यक्तिगत कारण देखाउँदै आगामी सिजनबाट आफ्नो नाम फिर्ता लिएका हुन्।
बेंगलुरुलाई सन् २०२४ मा उपाधि दिलाउन मुख्य भूमिका खेलेकी पेरी लिगको इतिहासमै दोस्रो धेरै रन बनाउने खेलाडी हुन्। बेंगलुरुले उनलाई २ करोड भारुमा रिटेन गरेको थियो।
त्यस्तै, २.२ करोड भारुमा दिल्लीमा आबद्ध सदरल्याण्डको अभाव पनि टोलीलाई खड्किने देखिएको छ। अर्कोतर्फ, युपी वारियर्सकी तारा नोरिस पनि सन् २०२६ को टी–२० विश्वकप छनोटका लागि अमेरिकी टोलीमा परेकाले यो सिजन उपलब्ध हुने छैनन्।
खेलाडीहरूले नाम फिर्ता लिएपछि टोलीहरूले वैकल्पिक खेलाडीको घोषणा गरिसकेका छन्। बेंगलुरुले पेरीको स्थानमा मध्यम गतिका बलर तथा अलराउन्डर सायली सतघरेलाई ३० लाख भारुमा अनुबन्ध गरेको छ। सायली यसअघि गुजरात जायन्ट्समा आबद्ध थिइन्।
दिल्ली क्यापिटल्सले सदरल्याण्डको ठाउँमा अस्ट्रेलियाली लेग स्पिनर एलाना किङलाई टोलीमा भित्र्याएको छ। किङले भर्खरै सम्पन्न बिग ब्यास लिगमा पर्थ स्कर्चर्सका लागि उत्कृष्ट बलिङ गर्दै १३ खेलमा १२ विकेट लिएकी थिइन्। यद्यपि अस्ट्रेलियाली टोलीको नियमित सदस्य भए पनि किङले डब्लुपिएलमा अहिलेसम्म मात्र एक खेल खेल्ने अवसर पाएकी छन्।
यूपी वारियर्सले तारा नोरिसको विकल्पको रूपमा अस्ट्रेलियाली ब्याटिङ अलराउन्डर चार्ली नटलाई १० लाख भारुमा अनुबन्ध गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु नगरे पनि नटसँग बिग ब्यास र द हन्ड्रेड जस्ता प्रतिष्ठित लिगहरू खेलेको राम्रो अनुभव छ। नोरिसले यसअघि दिल्लीबाट खेल्दै पाँच खेलमा सात विकेट लिएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण